३१ जेठ २०८३, आइतबार

यो हो संसारको सबभन्दा खतरनाक शौचालय !

कात्तिक २०, २०७४
यो हो संसारको सबभन्दा खतरनाक शौचालय !
काठमाडौं, ८ फागुन — तपाईंले खतरनाक पुल वा विमानस्थलहरू त देख्नुभएको होला तर हामी तपाईंलाई यहाँ सबभन्दा खतरनाक शौचालयका बारेमा जानकारी गराउनेछौं ।


सामान्यतया शौचालयमा सुविस्ताको बन्दोबस्त गरिएको हुन्छ तर यो शौचालयमा डर, त्रास र खतरा मात्र छ ।

यो शौचालय साइबेरियाको अल्ताई पहाडको कारात्युरेक पासमा अवस्थित छ । यहाँ साढे आठ हजार फीटको उँचाइमा शौचालय बनाइएको छ । यो भीरको छेउमा बनाइएको शौचालय हो ।

शौचालय काठले बनेको छ र यहाँ बस्ने मानिसलाई आफू हावामा लट्किरहेको छु कि भन्ने अनुभव हुन्छ । यो शौचालय भएको ठाउँको तापक्रम माइनस ५० डिग्री सेन्टीग्रेट छ ।

यहाँ त्याग गरिएको मलमूत्र सिधै तल उपत्यकामा पुग्छ ।

नजिकै वेदर स्टेसनमा काम गर्ने मजदूरहरूका लागि यो शौचालय बनाइएको हो । त्यसतो जाडोमा वेदर स्टेसनभित्रै शौचालय नबनाएर किन बाहिर भीरमा बनाइयो होला ? शौचालय देख्दा त डरले पाइन्टमै सूसू आउला जस्तो छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्