
सञ्जयलीला भन्सालीको नयाँ फिल्म ‘इन्साअल्लाह’मा सलमान खान र दीपिका पादुकोण एकसाथ देखिने हल्लाले बलिउड तातेको छ ।
'पद्मावत'पछि दीपिका फुर्सदमा छिन् । यसअघि किक, सुल्तान लगायतका फिल्ममा सलमानसँग काम गर्न अस्वीकार गरेकी दीपिका भन्सालीको यो फिल्ममा भने सलमानसँग खेल्न तयार भएको चर्चा छ ।
भन्साली र दीपिकाबीच निकै राम्रो सम्बन्ध छ । भन्सालीको आग्रह दीपिका हत्तपत्त अस्वीकार गर्दिनन् ।
इन्साअल्लाह २०२० मा रिलिज गर्ने गरी निर्माण गर्ने तयारी छ । फिल्मको शूटिङ २०१९ बाट मात्र शुरू हुनेछ ।