३१ असार २०८३, बुधबार

भारतका पहिलो प्रधानमन्त्री नेहरु नपुंसक थिए : एश्ले हिक्स

कात्तिक २०, २०७४
भारतका पहिलो प्रधानमन्त्री नेहरु नपुंसक थिए : एश्ले हिक्स
काठमाडौं, ८ फागुन — भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु र लेडी एडविना माउन्टबेटनको प्रेमसम्बन्धका बारेमा धेरै अखबारी लेख र पुस्तक छापिएका छन् ।


मिडियाकर्मी र इतिहासकारहरूले यस विषयमा धेरै चर्चा गरेका छन् । तर पछिल्लो समयमा यो सम्बन्धका बारेमा लेडी एडविनाका परिवारका सदस्यले नै नयाँ दाबी गरेका छन् ।

सन् २०१२ मा एडविनाकी छोरी पामेलाले आफ्नो आत्मकथामा यो कुराको उल्लेख गरेकी थिइन् । अहिले आएर पामेलाका छोराले पनि यस विषयमा नयाँ खुलासा गरेका छन् ।

लर्ड माउन्टबेटनका नातिले एक ताजा लेखमा नेहरु एडविना सम्बन्धका बारेमा नयाँ कुरा झिकेका छन् । एश्लेका अनुसार उनको हजुरआमा र नेहरुका बीचमा प्रेम सम्बन्ध त थियो तर शारीरिक सम्बन्ध भने थिएन । नेहरु नपुंसक भएकाले यस्तो सम्बन्ध नभएको एश्लेको दाबी छ ।

बेलायतबाट निस्कने द टेलिग्राफमा छापिएको एक लेखमा हिक्सले एडविना र नेहरुका बीच गहिरो, आत्मीय र रोमान्टिक सम्बन्ध भएको खुलासा गरेका छन् । तर नेहरु नपुंसक भएका कारण दुवैका बीच शारीरिक सम्बन्ध बनेन । एडविनालाई भेट्नुअघि नै नेहरु नपुंसक भएको एश्लेको दाबी छ ।

एश्लेके आमा पामेलाले यस विषयमा संकेत गरेको भउपनि नेहरु नपुंसक भएको उनले पुष्टि चाहिँ गरेकी थिइनन् । दुवैजना ठूला राजनीतिक हस्ती भएकाले उनीहरूले निजी समय नपाएको उनले बताएकी थिएन् ।

तर एश्लेले सनसनीपूर्ण दाबी गरेका छन् । यस सम्बन्धमा भारतीय राजनीतिकर्मीहरूको प्रतिक्रिया आएको छैन ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्