काठमाडौं, ८ फागुन – हेमन्त रानाको स्वर र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको साइली गीत एकाएक भाइरल भयो । अब भने यही नाममा चलचित्र पनि बन्ने भएको छ ।

जिएच इन्टरटेनमेन्टले साइली गीतलाई बजारमा ल्याएको थियो । अब यही ब्यानरले चलचित्र बनाउने बताइएको भएको हो ।
शनिबार काठमाडौंमा गरिएको एक कार्यक्रममा चलचित्र निर्माणको घोषणा गरिएको हो । गौरव पहारी र मेनुका प्रधानलाई गीतको भिडियोमा साइला र साइलीको रुपमा देख्न सकिन्छ ।