०५ असार २०८३, शुक्रबार

खोलाले सडक कटान गरेपछि पासाङल्हामु राजमार्ग बन्द

खोलाले सडक कटान गरेपछि पासाङल्हामु राजमार्ग बन्द
सन्दर्भ तस्वीर

नुवाकोट-  पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ । 

आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सडक नै कटान भएकाले निर्माणका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास शुरु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्