१० असार २०८३, बुधबार

सुर्खेत : एक वर्षमा चार हजार राहदानी र १२ हजार ४३५ नागरिकता वितरण

सुर्खेत : एक वर्षमा चार हजार राहदानी र १२ हजार ४३५ नागरिकता वितरण

सुर्खेत-  सुर्खेतमा एक वर्षमा १२ हजार ४३५ जनाले नागरिकता लिएका छन् । आव २०७४/०७५ मा जिल्ला प्रशासन कार्यालय सुर्खेतले १२ हजार ४३५ जना नागरिकलाई नागरिकता प्रदान गरेको हो । 

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार सबैभन्दा बढी नयाँ नागरिकता लिनेको सङ्ख्या रहेको छ । जिल्ला प्रशासनबाट बंशजका आधारमा सात हजार ७४७, प्रतिलिपि नागरिकता चार हजार ६८२ र वैवाहिक अङ्गीकृत नागरिकता छ जनाले लिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिनुभयो । 

एक वर्षमा चार हजार राहदानी 
यसैगरी यस जिल्लाबाट सिफारिश भएर राहदानी लिने एक हजार ८६२ र द्रुत सेवाबाट राहदानी लिने सिफारिश भएका दुई हजार ७७ जना रहेको सूचना अधिकारी लामिछानेले बताउनुभयो । 

कार्यालयले आव २०७४/०७५ मा चार हजार १२३ विभिन्न सिफारिश गरेको उहाँको भनाइ छ । 

एक करोड एक लाख राजश्व सङ्कलन 
गएको आव २०७४/७५ मा रु एक करोड एक लाख ११ हजार ९७७ राजश्व सङ्कलन भएको जनाएको छ । राहदानी शुल्क, दण्ड जरिवाना, अवैध हातहतियार खरखजाना, संस्था दर्ता तथा नवीकरण लगायतको कार्यबाट रु एक करोड बढी राजश्व सङ्कलन भएको सूचना अधिकारी लामिछानेले बताउनुभयो । 

नौ करोड राहत वितरण 
जिल्ला प्रशासन कार्यालय सुर्खेतले आव २०७४/७५ मा रु नौ करोड राहत वितरण गरेको छ । विभिन्न समयमा विभिन्न राहतबापत कार्यालयले रु आठ करोड ८९ लाख १४ हजार ५९४ को राहत वितरण गरेको हो । 

कार्यालयले वैदेशिक रोजगार क्षतिपूर्तिबापत रु ६० लाख ७० हजार ८९४, दैवीप्रकोप राहत रु १७ लाख चार हजार ५००, सवारी दुर्घटनाबाट पीडितलाई राहत रु २० लाख ७५ हजार राहत वितरण गरेको छ । 

त्यस्तै द्वन्द्वपीडितलाई रु सात करोड ९० लाख ६४ हजार वितरण गरिएको छ । जसमध्ये मृतकका हकदारलाई रु एक करोड ९१ लाख ५० हजार, बेपत्ताका हकदारलाई रु ३५ लाख, टुहुरालाई राहत रु सात लाख ३३ हजार ३००, अपाङ्गलाई रु ११ लाख ९० हजार ४०० र विस्थापितलाई रु पाँच करोड ४४ लाख ९० हजार ५०० राहत वितरण गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्