
काठमाडौं– प्रशान्त महासागर केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार आइतबार बिहान भूकम्प गएको हो
सतह भन्दा ५५९.६ किलोमिटर तल केन्द्र भएर भूकम्प गएको हो । फिजी तथा तोङ्गा आइल्याण्ड नजिकै प्रशान्त महासागर केन्द्रविन्दु भएर ८.२ म्याग्निच्युडको भूकम्प गएको युएस जिओलोजिकल सर्वे युएसजिएसले जनाएको छ ।
भूकम्पको गहिराइ बढी रहेकाले सुनामीको खतरा भने नरहेको बताइएको छ । तर साना छाल भने आएका छन् ।