०४ असार २०८३, बिहीबार

सडक निर्माणमा सेनालाई सघाउन सरकारलाई विकास समितिको निर्देशन

कात्तिक २०, २०७४
सडक निर्माणमा सेनालाई सघाउन सरकारलाई विकास समितिको निर्देशन
लोकान्तर संवाददाता
काठमाडौं, ८ फागुन –व्यवस्थापिका संसदको विकास समितिले सडक निर्माणमा नेपाली सेनालाई सहयोग गर्न सरकारलाई निर्देशन दिएको छ । आइतवार संसदको सचिवालय सिंहदरवारमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
सडक निर्माण सम्बन्धमा नेपाली सेनाले निश्चित समयभित्र (जस्तै २ वर्षभित्र) कति काम गर्ने हो स्पष्ट किटान गरिदिन समितिले सरकारलाई आग्रह गरेको छ । त्यसका लागि आवश्यक बजेटको अख्तियारी समयमा नै प्रदान गर्न पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।

चालू आर्थिक वर्षमा नेपाली सेनाले निर्माण गर्ने भनेका सडकखण्डका लागि आवश्यक बजेट १५ दिनभित्र उपलब्ध गराउन, सोको अख्तियारी दिन, विस्फोटक पदार्थको आयातमा देखिएको समस्या कुटनीतिक पहल गरी यथाशीघ्र समाधानगर्न समितिले सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएको छ ।

समितिले नेपाली सेनाले निर्माण गर्ने अख्तियारी पाएको गोरखाको बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ् सडकखण्ड निर्माणका लागि आवश्यक प्रक्रिया स्वीकृत गरी छिटो बजेट निकासा गराउन राष्ट्रिय योजना आयोग सहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्