१२ असार २०८३, शुक्रबार

कोरिया जानेको स्वास्थ्य परीक्षण आजबाट, यी हुन् छनोट भएका अस्पताल

कोरिया जानेको स्वास्थ्य परीक्षण आजबाट, यी हुन् छनोट भएका अस्पताल

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०१९ मा दक्षिण कोरिया जान लिइएको कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेकाहरूको स्वास्थ्य परीक्षण आजबाट हुँदैछ । 

प्रत्येक दिन एक हजारको दरले स्वास्थ्य परीक्षण गर्ने तयारी भएको छ । स्वास्थ्य परिक्षण काठमाडौं उपत्यकाका चारवटा अस्पतालबाट गर्ने व्यवस्था गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । 

स्वास्थ्य परीक्षणको पूर्ण प्रतिवेदन आउन चार दिन लाग्ने छ । पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य परीक्षणमा ‘फिट’ भएका र प्रहरी प्रतिवेदन आएकाले भदौ ८ गतेबाट रोजगार आवेदन फाराम भर्न पाउने छन् । 

salt training

कमेन्ट गर्नुहोस्