
काठमाडौं – चीनमा अन्लाइन विवादहरू सुल्झाउनका लागि इन्टरनेट अदालत गठन गरिएको छ ।
सरकारी समाचार संस्था सिन्ह्वाको रिपोर्टअनुसार, बेइजिङमा गठन हुने पहिलो अदालतका लागि आइतवार बेइजिङ महानगरपालिकाको जन महाधिवेशनको १५औं स्थायी समितिको सत्रमा मुख्य न्यायाधीश र न्यायाधीशहरूको
नियुक्ति गरिएको छ ।
यो सत्रमा ५० वर्षीय झाङ वेनलाई मुख्य न्यायाधीश र ४० अन्यलाई न्यायाधीश नियुक्त गरिएको हो ।
बेइजिङपछि ग्वाङ्झाउ प्रान्तमा पनि इन्टरनेट अदालत गठनको योजना छ ।
एजेन्सी