
काठमाडौं– प्रहरीले काठमाडौंबाट ७ जनालाई हतियारसहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले काठमाडौंको तीनकुनेबाट हतियारसहित ७ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले तीनकुनेस्थित एवान क्याफेबाट हतियारसहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १ थान पेस्तोल र चार राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरु हतियार कारोबारी भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको लाेकान्तरलार्इ जानकारी दिए ।
पक्राउ पर्नेमा खोटाङको हलेसी स्थायी घर भएका २१ वर्षीय भुपेन्द्र राई, भोजपुर खावा स्थायी घर भएका २३ वर्षीय सनित राई, सोलुखुम्बुको तम्बु घर भइ काठमाडौंका चावहिल बस्ने २६ वर्षी मिङ्मा शेर्पा, काभ्रे घर भइ काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय राजु भण्डारी, भक्तपुरको ठिमी घर भइ चावहिल बस्ने १९ वर्षीय सुरेश श्रेष्ठ, चितवनको हाकिमपुर घर भइ चावहिल बस्ने २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछाप घर भएका २६ वर्षीय सुजन थापा छन् ।
पक्राउ परेका ७ जनामध्ये रामेछाप घर भएका सुजन थापाबाहेक अन्य ६ जना यसअघि पनि हातहतियार मुद्दा र गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा पक्राउ परि छुट्दै आएका थिए ।