१७ असार २०८३, बुधबार

जडीबुटी सेवनबाट युवकको मृत्यु

कात्तिक २०, २०७४
जडीबुटी सेवनबाट युवकको मृत्यु

बैतडी, ८ फागुन - जडीबुटी सेवनबाट आज एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक बिरामी भएका छन् ।

मृत्यु हुनेमा थलाकाँडा– १ बजाडाका २३ वर्षीय दीपेन्द्र रोकाया रहेको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । सोही ठाँउका २२ वर्षीय लक्ष्मण रोकाया बिरामी परेका छन् ।

जन्डिस रोगका बिरामी दीपेन्द्र र लक्ष्मणले औषधिका रुपमा घरायसी जडीबुटी ‘आकाशबेली’को रस खाएका थिए । आकाशवेलीको रस खाएलगत्तै दुवैजना बेहोस भएका थिए । बेहोस भएका दीपेन्द्रको अस्पताल लैजान नपाउँदै घरमा मृत्यु भएको थियो । सिकिस्त बिरामी भएका लक्ष्मणको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्