काठमाडौं – खतरनाक अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई आफ्ना सहयोगीहरूमाथि विश्वास नरहेको जस्तो देखिएको छ ।
सूत्रहरूका अनुसार, सहयोगी जबीर मोतीलाई दाउद आफैंले लन्डनमा पक्राउ गराएका हुन् । दाउदको यो रणनीतिबाट उसका विरोधीका साथसाथै सुरक्षा निकाय पनि अचम्ममा परेका छन् ।
सूत्रका अनुसार, आफ्नो सबभन्दा बफादार सहयोगी छोटा शकीललाई ठेगान लगाएपछि केही समययता बिरामी रहेका दाउद परिवारले व्यापार सम्हाले हुन्थ्यो भन्ने आशा गरिरहेका छन् ।
दाउद एकएक गरी आफ्ना अविश्वसनीय सहयोगीहरूलाई पन्छाइरहेका छन् ।
सूत्रहरूले बताए, ‘दाउद विगत केही महिनादेखि बिरामी छन् र उनी आफ्नो कारोबार बेलायत र अमेरिकामा मात्र नभई एसियाली र अफ्रिकी देशमा पनि घटाउन चाहिरहेका छन् । अन्य व्यापार अब भाइ अनीस इब्राहिम र उसको
परिवारले सम्हाले हुन्थ्यो भन्ने दाउदको इच्छा छ । परिवारजनलाई कुनै समस्या नहोस् भन्ने दाउदको इच्छा छ ।’
जबीर लन्डनमा पक्राउ परेपछि सुरक्षा निकायहरूलाई आशाको किरण देखापरेको छ । मोजाम्बिकमा यसै वर्ष बिजनेस टाइकून प्रमोद गोयन्काको अपहरण र हत्याको अनुसन्धान गरिरहेका निकायलाई जबीरबाट सूचना पाउने आशा
छ ।
सूत्रहरूका अनुसार, भारतीय सुरक्षा एजेन्सी अब इन्टरपोलमार्फत लन्डन प्रहरीसँग सम्पर्क गर्न सक्छन् । भारतीय सुरक्षा निकायहरू लन्डन प्रहरीबाट जबीरलाई हिरासतमा लिन पाउँदैनन् । इन्टरपोलले बेलायती प्रहरीसमक्ष जबीरसँग सोधपुछ गर्न सक्छ ।
लन्डनमा बस्ने पाकिस्तानी नागरिक जबीर बेलायत र अमेरिकामा दाउदको आर्थिक कारोबार सम्हाल्थे । उनी दाउदका सहयोगी इकबाल मिर्ची र लन्डनमै बस्ने व्यापारी भान्जा आसिफसँग पनि निकट थिए ।
इजरायलको जासूसी निकाय गोयन्कालाई पिछा गरिरहेको थियो । उसैले अनुमान गरेअनुुसार, आसिफले भनेर नै पाकिस्तानी ग्याङले स्वाजिल्यान्डमा गोयन्कालाई अपहरण गरेको हुनुपर्छ ।
एजेन्सी