१० असार २०८३, बुधबार

अर्जेन्टिनाकी दयालु प्रहरी सेलेस्टाले चुसाइन् अर्काको बच्चालाई दूध, पाइन् प्रमोसन

अर्जेन्टिनाकी दयालु प्रहरी सेलेस्टाले चुसाइन् अर्काको बच्चालाई दूध, पाइन् प्रमोसन

काठमाडौं – अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्सको फायर ब्रिगेडकी अधिकारी सेलेस्टा आयला दयालुताका कारण चर्चामा छिन् । 

अघिल्लो मंगलवार सेलेस्टा आफ्नो ड्युटीमा थिइन् । त्यहाँ एक सामाजिक कार्यकर्ताले अस्पतालमा पाँच बच्चा ल्याइन् । सबै बच्चाहरू कुपोषणको शिकार थिए । 

तीमध्ये ६ महिनाकी एक बच्ची एकदमै रोइरहेकी थिइन् । सेलेस्टा भर्खरै मात्र आमा बनेकी हुन् । उनले बच्चीको पीडा सहन नसकेर बोकिन् । 

बच्चीलाई भोक लागेर रोएको थाहा पाएपछि सेलेस्टाले अस्पतालका कर्मचारीसँग अनुमति मागेर कुर्सीमा बसिन् र बच्चीलाई दूध चुसाउन थालिन् । एकछिनपछि बच्ची शान्त भइन् । 

सेलेस्टाले यति गर्दा उनको एक सहकर्मीले उनको तस्वीर खिचेर सामाजिक सञ्जालमा शेयर गरे । 

मार्कोस हेरेडियाले फेसबूकमा फोटो पोस्ट गर्दै लेखे, ‘सेलेस्टा, तिमीले बच्चीमाथि प्रेम बर्सायौ भनी म सार्वजनिक रूपमा भन्न चाहन्छु । बच्चालाई नचिनिकनै आमाको प्रेम दिन तिमी हिचकिचाएनौ । हिजोआज यस्तो दृश्य कमै मात्र देख्न
पाइन्छ ।’

मार्कोसको यो तस्वीर भव्य शेयर भयो । संसारभरि सेलेस्टाको प्रशंसा भइरहेको छ । प्रशंसाको खबर फायर ब्रिगेड अधिकारीसमक्ष पुगेपछि उनलाई प्रमोसन दिएर सर्जेन्ट बनाइएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्