०९ असार २०८३, मंगलबार

ट्रम्पका दुई सहयोगी ठगीको मुद्दामा दोषी ठहर, हुनसक्छ ८० वर्षसम्मको सजाय

ट्रम्पका दुई सहयोगी ठगीको मुद्दामा दोषी ठहर, हुनसक्छ ८० वर्षसम्मको सजाय

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका दुईजना पूर्वसहयोगी आर्थिक भ्रष्टाचार र ठगीको फरक फरक मुद्दामा फसेका छन् । 

ट्रम्पका पूर्व क्याम्पेनिङ अध्यक्ष पल म्यानाफोर्टलाई भर्जिनिया फेडरल कोर्टले मंगलवार आर्थिक भ्रष्टाचारका दोषी ठहर गरेको छ । उनलाई ८० वर्षको कारावास सजाय हुन सक्छ ।

अनि म्यानह्याटनको फेडरल अदालतले ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई करको ठगी र गलत बयान दिएको मुद्दामा दोषी ठह–यायो । उनलाई ३० वर्षको सजाय हुने सम्भावना छ । 

सन् २०१६ मा राष्ट्रपति चुनाव चलिरहेको बेलामा म्यानाफोर्ट र कोहेन ट्रम्पका लागि काम गर्थे । केही समयपछि कोहेनले ट्रम्पको सम्बन्ध धेरै महिलासँग भएको बताएका थिए । 

अभियोजन पक्षका वकिलले बताएअनुसार, सन् २०१० देखि २०१४ सम्म म्यानाफोर्टले विदेशी बैंकमा ६५ मिलियन डलर जम्मा पारेका थिए । अनि १५ मिलियन डलर विलासी सामान किन्न खर्च गरेका थिए । 

वकिलका अनुसार, म्यानाफोर्टले बैंकहरूलाई झुटो बोलेर सन् २०१५ मा युक्रेनमा राजनीतिक कामहरूका लागि २० मिलियन डलर विदेश पठाएका थिए । यसबाहेक उनले फेडरल अधिकारीलाई विदेशी खाताका बारेमा जानकारी
दिएनन् । अनि ट्रम्पको चुनावी अभियानका बेलामा उनले फेडरल सेभिङ बैंकबाट ऋण पनि लिएका थिए । 

ट्रम्पका पूर्व वकिल माइकल कोहेनमाथि सन् २०१६ मा राष्ट्रपति चुनावका बेलामा करसम्बन्धी गडबडी गरेको आरोप छ । सुनुवाइका बेलामा कोहेनले फेडरल न्यायाधीश विलियम पाउलेलाई आफूले दुई महिलालाई १.३० लाख र १.५०
लाख डलर दिएको स्वीकारे । 

ती महिलाहरूले ट्रम्पसँग सम्बन्ध भएको स्वीकार गरेका थिए । 

चुनाव प्रभावित हुन नदिनका लागि आफूले पैसा बुझाएको कोहेनले स्वीकारे । तर ट्रम्पले भनेर नै आफूले पैसा दिएको उनको भनाइ छ । 

सुनुवाइका बेलामा कोहेनले महिलाहरूको नाम भन्न सकेनन् । 

यी मुद्दाहरूको अनुसन्धानका क्रममा एफबीआईले कोहेनको घरमा छापा मारेको थियो । त्यतिखेर प्राप्त एक रेकर्डिङमा कोहेनले एक मोडेललाई पैसा दिनका लागि ट्रम्पलाई उक्साइरहेको सुन्न सकिन्छ । अनि कोहेनले २० मिलियन
डलरको बैंक ठगी पनि गरेको पाइयो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्