०७ असार २०८३, आइतबार

हास्य टेलिश्रृंखला 'हाक्काहाक्की' नयाँ कथामा

हास्य टेलिश्रृंखला 'हाक्काहाक्की' नयाँ कथामा

काठमाडौं – 'मेरीबास्सै'जस्तो लोकप्रिय हास्य टेलिश्रृंखला शुरू गरेर थुप्रै कलाकार जन्माएका हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीले मेरी बास्सै, झ्याइँकुटीझ्याइँ हुँदै हाक्काहाक्कीसम्म आइपुग्दा निकै आरोहअवरोह पार गरेका छन् ।

एकताका दमन रुपाखेती र जितु नेपालको जोडीलाई दर्शकले निकै रुचाएका थिए । तर दमन–जितुको जोडी छुटेपछि जितु जिरे खुर्सानीतिर र मेरीबास्सै तिर लागेका थिए ।

अहिले भद्रगोल, जिरे खुर्सानी, ब्रेकफेल लगायतका सिरियल नेपाल टेलिभिजनबाट प्रशारण बन्द भए पनि हाक्काहाक्की सिरियल भने शनिबार ७ बजे नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । हाक्काहाक्की कमेडी सिरियल अहिले नयाँ कथा र नयाँ रूपमा प्रशारण हुन थालेको छ ।

मेरीबास्सैमा घर ज्वाइँको भूमिकामा चर्चित बनेका दमनले हाक्काहाक्कीमा अहिले त्यही चरित्रलाई पुनरागमन गरेका छन् ।

यस्तै प्रचण्डको अभिनय गरेर लोकप्रियता कमाएका कलाकार 'नक्कली प्रचण्ड' घनश्याम गौतम पनि हाक्काहाक्कीमा दमनको ससुरा बनेर नयाँ चरित्रमा देखा परेका छन् । कलाकार गौतमको यो चरित्रलाई पनि दर्शकले रुचाएका छन् ।

छोरीको भूमिकामा निर्जला अधिकारीको अभिनय पनि राम्रो छ । नयाँ कथाको यो सिरियल युट्युबमा पनि विस्तै लोकप्रिय बन्दै गएको छ ।

यस सिरियलमा दमन रुपाखेती, राम थापा, घनश्याम गौतम, लक्ष्मण विक्रम बस्नेत, पार्वन राई, निर्जला अधिकारी, भीमसेन अधिकारी, राजन चौलागाइँ, दीपेन्द्र दाहाललगायतका कलाकारको अभिनय छ ।

कमेन्ट गर्नुहोस्