१६ असार २०८३, मंगलबार

जापानका विद्यालयमा रोबोटले सिकाउनेछन् अंग्रेजी !

जापानका विद्यालयमा रोबोटले सिकाउनेछन् अंग्रेजी !

काठमाडौं – जापानका विद्यालयहरूमा अंग्रेजी सिकाउनका लागि रोबोट प्रयोगको तयारी गरिएको छ । यी रोबोटहरूले विद्यार्थीलाई अंग्रेजीमा कुराकानी गर्न सिकाउनेछन् । 

उता चीनले विश्व रोबोट सम्मेलनमा रोबोड डाक्टर, शिक्षक र सैनिक प्रदर्शन गरेको छ । चीनका यी रोबोटलाई भविष्यका मशिन भनिँदैछ । 

जापानी टीभी एनएचकैका अनुसार, शिक्षा मन्त्रालयले सन् २०१९ मा देशका ५०० विद्यालयमा पाइलट प्रोजेक्टका रूपमा रोबोट राख्नेछ । विद्यार्थीहरूलाई अंग्रेजी सिकाउनका लागि एप र अन्लाइन संवाद सत्र पनि सञ्चालन गरिनेछन् । 

सबै विद्यालयले बढ्दो खर्चका कारण अंग्रेजी शिक्षक राख्न नसक्ने भएकाले रोबोटलाई राख्दा सस्तो पर्छ । 

जापानका विद्यार्थी अंग्रेजी बोल्न र लेख्न कमजोर छन् । सरकारले दुई वर्षमा विद्यार्थीलाई अंग्रेजी बोल्न र लेख्न सक्षम बनाइने दाबी गरेको छ । 

चीनमा कारखाना, रेस्टुराँ, बैंक र पार्सल पु–याउने काम रोबोटले गर्ने गरेका छन् । 

शरीरका १५० रोग पत्ता लगाएर उपचार गर्ने रोबोट पनि चीनले बनाएको छ । रोबोटले चीनको राष्ट्रिय स्वास्थ्य योग्यता परीक्षा पनि पास गरेको छ । यसले अपरेसनका बेलामा चिकित्सकको सहायता गर्ने, बिरामीलाई प्रश्न सोध्ने र एक्सरे रिपोर्ट विश्लेषण पनि गर्ने गरेको छ । 

चीनका अस्पतालमा मार्चदेखि रोबोट राखिएकोमा त्यसले चार हजार बिरामीको उपचार गरिसकेको छ । 

सन् २०१४ मा चीनका राष्ट्रपति शी चिनफिङले रोबोट क्रान्तिको कुरा गरेका थिए । चीन रोबोट बजारको दुनियाँमा अब्बल छ । अघिल्लो वर्ष त्यहाँ १ लाख ४१ हजार रोबोट बेचिएका थिए । सन् २०२० मा यो संख्यामा २० प्रतिशतले वृद्धि
हुने बताइएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्