०१ असार २०८३, सोमबार

चोरको रमाइलो भिडियो हेर्नुस्, मज्जाले हाँस्नुस्

चोरको रमाइलो भिडियो हेर्नुस्, मज्जाले हाँस्नुस्

काठमाडौं – भारतको मुम्बईमा एक चोरको हर्कत अहिले सामाजिक सञ्जालमा खुबै शेयर भइरहेको छ । 

मुम्बई प्रहरीले आफ्नो ट्विटर ह्यान्डलमा एउटा भिडियो शेयर गरेर मनकारी चोरको क्रियाकलाप देखाएको छ । 

यो रमाइलो भिडियो हो तर यसको परिणाम गम्भीर हुनसक्ने भनी मुम्बई प्रहरीले लेखेको छ । 

भिडियोमा एक चोर भीडभाड भएको ठाउँमा देखिन्छ । आफूअगाडि उभिएको व्यक्तिको खल्तीमा उसले पर्स चोरिदिन्छ । चोर्दाचोर्दै उसको आँखा त्यहाँ राखिएको सीसीटीभी क्यामरामा पुग्छ र ऊ सतर्क हुन्छ । पहिला त चोर खिस्स
हाँस्छ अनि क्यामराअघि हात जोर्छ । अनि पर्स चोरिएको व्यक्तिलाई तल झरेछ भन्दै पर्स फर्काइदिन्छ ।

 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्