०५ असार २०८३, शुक्रबार

नक्कली अख्तियार कर्मचारी पक्राउ

कात्तिक २०, २०७४
नक्कली अख्तियार कर्मचारी  पक्राउ
बारा, ९ फागुन – अख्तियार कर्मचारी भन्दै ठगी गर्नेलाई प्रहरीले शनिबार जितपुरबाट पक्राउ गरेको छ । प्रसौनी २ मा बस्दै आएका विजेन्द्र चौधरीलाई पक्राउ गरिएको आजको कान्तिपुरमा खबर छ ।arrested1

ठगीको घटना सर्लाहीमा भएकाले उनलाई त्यहीँको प्रहरीलाई जिम्मा लगाइएको छ । प्रहरीका अनुसार उनको डेरामा छापा मार्दा मोनिटर, मोबाइल ट्याब, सरकारी नम्बर प्लेट राखिएको २ सय २० सिसीको पल्सर बाइक, सञ्चार सेट (वाकीटकी) र एक लाख ९० हजार लगायत बरामद गरिएको छ ।

नेपाली सेनाको कम्ब्याट पोसाक, निजामती कर्मचारीले लगाउने सरकारी पोसाक, प्रहरीले लगाउने वर्दी र बुट, नेपाली सेनाको नक्कली परिचयपत्र, अरुको नामको सवारी लाइसेन्स समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्