०९ असार २०८३, मंगलबार

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड (नामावलीसहित)

कात्तिक २०, २०७४
कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड (नामावलीसहित)
काठमाडौँ, ९ फागुन- कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको खबर कान्तिपुरमा छ ।suicide
उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन्। कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने अदालतले आजीवन कराबास सजाय तोकेको छ।
आफू निर्दोष रहेको भन्दै पुनरावेदन गरेका कार्कीलाई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको हो। रानाभाट दुई वर्षअघि पक्राउ परेका थिए भने अन्यलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषध कारोबारको मुद्दा चलाइएको थियो। कुवेतस्थित नेपाली दूतावासले नेपाल सरकारलाई मृत्युदण्डको सजायबारे जानकारी गराएको छ।
कुवेत सरकारले सजायसम्बन्धी विवरण हालै नेपाली दूतावासलाई बुझाएको थियो। तल्लो अदालतको यो सजायविरुद्ध उनीहरूले पुनरावेदन र उच्च अदालतसम्म जान पाउने व्यवस्था रहेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार रानाभाटले वकिल राखेर प्रतिरक्षा गर्ने तयारी गरेका छन्। ‘उनीहरूको अवस्था बुझ्न दूतावासबाट निरन्तर जेल भ्रमण भइरहेको छ,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले भने, ‘हामी कानुनी सहायताका साथै आवश्यक कागजात तयार परेर कन्सुलर सेवा दिइरहेका छौं।’ मृत्युदण्डको सजाय सुनाइएका केही नेपालीले अभियोग स्वीकार गरेको र केहीले भने आफूलाई फसाइएको बयान दिएको दूतावासले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्