०७ असार २०८३, आइतबार

अधिकृतमाथि ओछ्यानमै छुरा प्रहार

अधिकृतमाथि ओछ्यानमै छुरा प्रहार

रामेछाप– जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि गएराति छुरा प्रहार भएको छ । राति ९ बजेतिर मुखमा मास्क लगाएर आएको अज्ञात व्यक्तिले छुरा प्रहार गरेको पारिवारिक स्रोतले जनाएको छ ।

मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदीको आफ्नै निवासमा सुतिरहेको बेला उनी माथि छुरा प्रहार भएको हो । घटना हुँदा परिवारका सदस्यहरु घरको अन्य कोठामा रहेका थिए ।

ओछ्यानमा ढल्किएर फेसबुक चलाइरहेको बेला मुखमा माक्स लगाएर आएको व्यक्तिले छुरा रोपेको सुवेदीले बताए । 

उनको तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको छ । उनको शल्यक्रिया भएको छ । 

अस्पतालले सुवेदीको आन्द्रा काटिएको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्