०१ असार २०८३, सोमबार

अभ्यास खेलका लागि भारत जानै नसक्ने गरी के भएको हो पारसलाई ?

कात्तिक २०, २०७४
अभ्यास खेलका लागि भारत जानै नसक्ने गरी के भएको हो पारसलाई ?
काठमाडौँ, ९ फागुन- विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियसिपअन्तर्गत केन्यासँगको खेलको तयारीका लागि भारत जाने नेपाली क्रिकेट टोलीमा कप्तान पारस खड्का अनुपस्थित हुने भएका छन्, आजको नयाँ पत्रिकामा खबर छ । पेटको शल्यक्रिया गरिएका कारण पारस भारत भ्रमणमा जान नसक्ने भएका हुन् ।parash-khadka-625x405
नेपाली टोली १३ फागुनमा भारतको नोयडामा प्रशिक्षण गर्न जाने कार्यक्रम छ । त्यहाँ रहँदा नेपालले तीनवटा अभ्यास खेल खेल्ने नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए । भ्रमण टोलीमा पारस नहुँदा खल्लो हुने टमाटाको भनाइ छ । ‘शल्यक्रियापछि पारसलाई आरामको जरुरत भएकाले उनी भारत भ्रमणमा जाने छैनन्,’ टमाटाले भने, ‘टोलीका सबै खेलाडी आ–आफ्ना जिम्मेवारी पूरा गर्न समक्ष छन् । तर, कप्तान पारस नहुँदा केही खल्लो महसुस भने हुनेछ ।’
भारतका तीन टोलीसँग अभ्यास हुने भनिएको भए पनि कस्ता टोलीसँग प्रतिस्पर्धा हुने अहिलसम्म थाहा हुन नसकेको टमाटाले जनाएका छन् । नेपाली टोली २० फागुनमा काठमाडौं फर्कने कार्यक्रम छ । काठमाडौं फर्केपछि पारस नेपाली टोलीको प्रशिक्षण क्याम्पमा सहभागी हुने टामटाले विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्