१२ असार २०८३, शुक्रबार

श्रीलंकाका १०० भन्दा बढी शहरमा चुरोटको बिक्री बहिष्कार

श्रीलंकाका १०० भन्दा बढी शहरमा चुरोटको बिक्री बहिष्कार

काठमाडौं — श्रीलंकाको स्वास्थ्य मन्त्रालयले बुधवार १०० भन्दा बढी शहरलाई चुरोटमुक्त बनाउने उद्देश्यले बिक्री बहिष्कार अभियान चलाएको छ । 

मन्त्रालयका अनुसार, सार्वजनिक स्वास्थ्य निरीक्षक संघले देशभरि धूम्रपानको दुष्प्रभावको बारेमा स्थानीयहरूलाई शिक्षित बनाउने अनेकौं कार्यक्रम शुरू गरिएका छन् । कार्यक्रमपछि अनेकौं शहरका पसले र व्यापारीहरूले चुरोट बेच्न बन्द गरेका छन् । 

समाचार संस्था सिन्ह्वाका अनुसार, १०७ शहरले चुरोट बिक्री बहिष्कार गरेका छन् । स्वास्थ्यमन्त्री राजिता सेनारत्नेले यसमा सन्तुष्टि जनाउँदै सन् २०१९ मा २०० शहरमा यो बहिष्कार अभियान पुग्ने आशा गरेका छन् । 

श्रीलंका सरकारले हालैका वर्षमा चुरोटको बिक्रीलाई हतोत्साहित पार्नका लागि अनेकौं कदम उठाएको छ । यी कदमअन्तर्गत तमाखुमा ९० प्रतिशत करवृद्धि, चुरोटको प्याकेजमा ८० प्रतिशतभन्दा बढी चेतावनीयुक्त भाग, विद्यालयको
१०० मिटरवरिपरि चुरोट बिक्रीमा प्रतिबन्ध जस्ता छन् । सरकार सन् २०२० सम्म तमाखु खेतीमा रोक लगाउने विचार गरिरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्