१२ असार २०८३, शुक्रबार

कञ्चनपुरमा प्रहरीको दमन : गोली लागेर १० जना घाइते, गम्भीर २ जनालाई रेफर गरियो

भदौ ७, २०७५
कञ्चनपुरमा प्रहरीको दमन : गोली लागेर १० जना घाइते, गम्भीर २ जनालाई रेफर गरियो

महेन्द्रनगर– १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको प्रदर्शनमा प्रहरीले दमन गरेको छ । 

बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्न प्रशासनले देखाएको उदासिनताविरुद्ध आन्दोलनमा उत्रिएका सर्वसाधारणमाथि बिहीवार प्रहरीले गोली चलाएको छ । 

सदरमुकाम महेन्द्रनगरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तिमा १० जना घाइते भएका खबर प्राप्त भएको छ । 

घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अस्पताल प्रशासनबाट आन्दोलनमा घाइतेभएकाहरुमध्ये  अान्दाेलकारीतर्फ ७ जनाको नाम प्राप्त भएको छ । 

घाइते हुने अान्दाेलनकारीमा  स्थानीय अर्जुन भण्डारी, तेज भट्ट, किरण प्रसाद पाण्डे, सराेज खड्का, विरित पनेरु र सन्तोष कुमार कठरिया छन् । 

यस्तै प्रहरीतर्फ पनि केही घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार हर्क बहादुर पालकाे नाम खुलेकाे छ । 

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गम्भीर अवस्थाका अर्जुन भण्डारी र तेज भट्टलार्इ अन्यत्र रेफर गरिएकाे अस्पतालले जनाएकाे छ । गम्भीर घाइते भण्डारीकाे खुट्टा र भट्टकाे टाउकाेमा चाेट लागेकाे जनाइएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्