११ असार २०८३, बिहीबार

निर्मला बलात्कारबारे संसदीय समिति बनाउन सांसद भट्टको माग

निर्मला बलात्कारबारे संसदीय समिति बनाउन सांसद भट्टको माग

काठमाडौं – बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित दिपकप्रकाश भट्टले घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भट्टले घटनाले गम्भीर रुप लिइरहेकाले गृहमन्त्रालय र प्रहरीका उच्च अधिकारीको सहभागितामा संसदीय समिति गठन गर्न माग गरेका छन् । प्रहरीले छानविन गरिरहेको र अभियुक्त सार्वजनिक गरेपछि सर्वसाधारणमा विश्वास देखिनु गम्भीर भएको बताउँदै सांसद भट्टले आन्दोलन जटिल मोडमा पुगेको संसदमा जानकारी गराए ।

आन्दोलन भइरहेको कञ्चनपुर सदरमुकाम महेन्द्रनगर सांसद भट्टको निर्वाचन क्षेत्र अन्तर्गत पर्छ । घटना भएको धेरै दिनसम्म पनि संसदमा केही नबोलेको भनेर सांसद भट्टको आलोचना भइरहेका बेला महेन्द्रनगरमा गोली चलेपछि सांसद भट्टले संसदमा बोलेका छन् । यसअघि, कञ्चनपुर–२ बाट निर्वाचित सांसद नरबहादुर धामीले निर्मला पन्त बलात्कार घटनाबारे संसदमा बोलेका थिए ।

प्रहरीले गरिरहेको छानविनमा स्थानीय मिडियादेखि सामाजिक सञ्जालमा चर्काे सन्तुष्टि देखिएको बताउँदै सांसद भट्टले घटनाको गम्भीर छानविन गर्नुपर्ने माग गरेका छन् । उनले घटनालाई गम्भीर रुपमा लिन गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्