०५ असार २०८३, शुक्रबार

विप्लव माओवादीमा विवाद

कात्तिक २०, २०७४
विप्लव माओवादीमा विवाद
काठमाडौं, ९ फागुन-नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा माओवादीको जारी महाधिवेशनमा अधिकांश नेता तथा महाधिवेशन प्रतिनिधिहरूले सशस्त्र क्रान्तिको बाटो समात्न पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।Netra_bikram

पार्टी विभाजनको दुई वर्षसम्म पनि पार्टीले ठोस कार्यदिशा लिन नसकेको भन्दै अब पनि सशस्त्र क्रान्तिको बाटो समात्न नसके पार्टीको अस्तित्वसमेत अप्ठ्यारोमा पर्ने भन्दै महाधिवेशन प्रतिनिधिले सशस्त्र क्रान्तिको ठोस दिशा समात्न नेतृत्वलाई दबाब दिएका हुन्, आजको राजधानी दैनिकमा खबर छ ।

पार्टी महासचिव चन्दले भने दस्तावेजमा यसअघिकै एकीकृत जनक्रान्तिको कार्यदिशलाई अघि बढाउन खोजेका छन् भने उनले अहिले नै सशस्त्र क्रान्तिको कार्यदिशा समातेर जान सकिने आशयको प्रतिवेदन पेस गरेका छैनन् । एक केन्द्रीय सदस्यका अनुसार जनवादी क्रान्ति सञ्चालन गर्न जनसेनाको निर्माण अपरिहार्य रहेको विषयलाई भने चन्दले दस्तावेजमा समावेश गरेका छन् ।

पार्टी केन्द्रीय सदस्य अनिल शर्माले यसअघि पार्टीले अवलम्बन गरेको एकीकृत क्रान्तिको कार्यदिशालाई नै मूर्त बनाएर अघि बढ्ने गरी छलफल भइरहेको बताए । ‘बन्दसत्र चलिरहेको छ, यसअघिकै कार्यदिशालाई थप मूर्त बनाएर अघि बढ्ने गरी छलफल केन्द्रित छ,’ शर्माले भने ।

बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले भने हतियार र सेनाविनाको कम्युनिस्ट पार्टी नै हुन नसक्ने भन्दै तत्काल हतियारसहितको सेना निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।


१ फागुनमा राजधानीको खुलामञ्चमा उद्घाटनपछि ५ फागुनदेखि रोल्पाको थवाङमा माओवादीको बन्दसत्र जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्