
काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यासम्बन्धी घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
गृह मन्त्रालयले सहसचिव हरीप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।
समितिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी पनि सहभागी छन् ।
गृहमन्त्री रामबहादुर थापा (बादल) गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बैठकको निर्णयानुसार उच्चस्तरीय छानबिन समिति गठन भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसहित प्रदेश नम्बर ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।
समितिलाई बालिका पन्तको बलात्कार तथा हत्या घटनाको विस्तृत अध्ययन तथा छानबिन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउन म्यान्डेड दिइएको छ ।