०३ साउन २०८३, आइतबार

कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी एसपी कडायतलाई, नयाँ सीडीओमा अधिकारी

कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी एसपी कडायतलाई, नयाँ सीडीओमा अधिकारी

काठमाडौं– बालिकाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही माग गर्दै चलिरहेको आन्दोलनले तवनाग्रस्त रहेको कञ्चनपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको परिचालन गर्ने निर्णय भएको छ । 

गृह मन्त्रालयले विहीवार कञ्चनपुरका सीडीओ कुमार खड्का, प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । 

अब उनीहरुको ठाउँमा नयाँ अधिकारीलाई पठाइएको छ । कञ्चनपुरको नयाँ सीडीओमा तारानाथ अधिकारीलाई पठाउने निर्णय भएको गृह मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो । 

गत साउन ९ गतेसम्म कास्कीको प्रमुख जिल्ला अधिकारी रहेका अधिकारी त्यसयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागमा कार्यरत थिए । 

यस्तै कञ्चनपुर प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) कुवेर कडायतलाई परिचालन गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । 

कडायत हाल सुदूरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत छन् । कडायत जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रमुखबाट गत साउन १६ गते सरुवा भएर क्षेत्रीय सशस्त्र प्रहरी गण धनगढी पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्