०५ असार २०८३, शुक्रबार

इश्रा अलमाथि मृत्युदण्डको सजाय हुन सक्ने, यस्ताे सजाय पाउनेमा पहिलो महिला अधिकारकर्मी

इश्रा अलमाथि मृत्युदण्डको सजाय हुन सक्ने,  यस्ताे सजाय पाउनेमा पहिलो महिला  अधिकारकर्मी

दुबई- साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ । 
सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो । 
सुन्नीको नियन्त्रणमा रहेको र तेलको पर्याप्त खानी रहेको पुर्वी प्रान्त शिया क्षेत्रमा विरोध प्रदर्शन गरेकाहरूलाई मानवअधिकार उलङ्घन गरेको आरोप लगाइएको छ । 
सन् २०११ देखि पूर्वी प्रान्तमा प्रदर्शन गर्दै आइरहेकी महिला अधिकारकर्मी इश्रा अल गोमघाम मानवअधिकार हननसम्वन्धी अभियोगमा मृत्युदण्डको सजाय तोकिने पहिलो महिला हुनुभएको छ । 
उहाँलाई सन् २०१५ को डिसेम्बर महिनामा उहाँकै घरबाट श्रीमान्सहित नियन्त्रणमा लिइएको एम्नेष्टी इन्टरनेशनल र ह्युमन राईस् वाचले यसै हप्ता छुट्टा छुट्टै सूचनामार्फत जनाएका छन् । 
“सरकार विरोधी प्रदर्शनमा सम्लग्न भएको अभियोगमा इश्रा सहित पाँच जनाले अहिले भयावह दण्ड सजाय भोगिरहेका छन्,” एम्नेष्टी इन्टरनेशनलका मध्यपूर्व निर्देशक समाह हाडिडले भन्नुभयो । 
उहाँले यो निर्णय फिर्ता लिन साउदी अरबका अधिकारीसँग आग्रह गरिरहेको जानकारी दिनुभयो । तर आफुहरूको आग्रहका बारेमा उनीहरूले अहिले सम्म कुनै प्रतिक्रिया नदिएको पनि उहाँले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्