बलिउड अभिनेत्री विपाशा वासु एकपटक फेरि चर्चामा आएकी छिन् । उनी फिल्मका कारण चर्चामा आएकी चाहिँ होइनन् ।
लाइमलाइटमा आएको फोटोका कारण विपासा चर्चामा रहेकी हुन् ।
विवाह बन्धमा बाँधिएपछि क्यामराबाट पर रहेकी विपासाको हट तस्वीर सार्वजनिक भएको हो ।
उनका फ्यानले उनको फिल्मका साथसाथ उनको पुरानै हट अवतारमा देख्न पाएका छन् । सामाजिक सञ्जालमा पोस्ट भएको उनको तस्वीर भाइरल भएको छ ।
विकिनीमा विपासा हट देखिएकी हुन् । विपासा बासु आफ्नो फिल्म करियरमा बोल्डनेसका कारण चर्चामा रहने गरेकी थिइन् ।
विवाहपछि विपासाले पूरा समय पति करण सिंह ग्रोवरलाई दिएकी थिइन् । पछिल्ला दिनमा उनी विज्ञापनमा पनि देखिएकी छिन् ।