१० असार २०८३, बुधबार

स्मार्ट टेलिकमको नयाँ योजना प्रस्तुत

स्मार्ट टेलिकमको नयाँ योजना प्रस्तुत

काठमाडौं – स्मार्ट टेलिकम्यूनिकेसन कम्पनीले हालै नयाँ ब्राण्डिङ्गका साथ प्रस्तुत भएको छ ।

यसले स्मार्टलाई अन्तर्राष्ट्रिय दूरसञ्चार व्यवसायमा आफूलाई विकसिक गर्नेछ । नयाँ ब्राण्डिङ्ग अन्तर्गत कम्पनीले आफ्नो लोगो, स्लोगन, ग्राफिक्स, तथा कम्यूनिकेसनलाई परिवर्तन गरेको छ ।

यसअघि ‘स्मार्ट सेल’का रुपमा परिचित भएकोमा अब ‘स्मार्ट’का रुपमा प्रस्तुत हुनेछ । साथै स्मार्ट ‘योर वल्र्ड, योर भ्वाइस’ भन्ने नारा साथ प्रस्तुत भएको छ । 

‘स्मार्ट सेल’भन्दा जुन दायराको अनुभुति हुन्थ्यो, त्यसलाई स्मार्टले अझ बढी फराकिलो तुल्याउने छ भन्ने विश्वासका साथ ‘स्मार्ट सेल’बाट ‘स्मार्ट’ भनी रिब्राण्डिङ्ग गरिएको छ । ‘स्मार्ट सेलको सेल र फोरजीले हामीलाई निश्चित सीमामा सीमाबद्ध गरेको थियो,’ स्मार्टका अधिकारीले भने ।

कम्पनीले नयाँ योजना तथा सेवा प्रस्तुत गरेको सन्दर्भमा यो रिव्रान्डिक गरेको हो । ‘हामी हाम्रो फोर्टफोलियोलाई अझ नयाँ ब्रान्डको स्थानमा पुर्याइ स्मार्टले रिब्रान्डिङ्गको साथ ‘इट्स फ्रिडम’ भन्ने नयाँ योजना प्रस्तुत गरेको छ । 

योजनाअन्तर्गत ९९ रुपैयाँमा सिमकार्ड खरिद गरी ५० रुपैयाँको मेन ब्यालेन्स, २ सय एमबी डाटा, १० मिनेट टकटाइम र १० एसएमएस प्राप्त हुनेछ । रिचार्जमा डाटा, भ्वाइस, एसएमएसमा अतिरिक्त सुविधा प्राप्त गर्न सक्ने छन् । 

न्यूनतम शूल्कमा डाटा, भ्वाइस, एसएमएस र अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधा पनि योजनामा समावेश गरिएको छ । अन्य जानकारी *141# डायल गरी वा www.smarttel.com.np बाट पनी प्राप्त गर्न सकिने छ ।

स्मार्टको बारेमा

आम नेपालीमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट सेलको स्थापना गरिएको हो । नेपाली नागरिकलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पु¥याउने यसको लक्ष्य रहेको छ । 

स्मार्ट सेल १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत प्राप्त गरेको छ । दक्ष एवं कर्मठ कर्मचारीको साथले गर्दा दूरसञ्चारको क्षेत्रमा स्मार्टसेल हाल नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ ।

स्मार्ट टेलिकम प्रालिले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोर जी सेवा काठमाडौं, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्