११ असार २०८३, बिहीबार

शल्यक्रियामा सफलता : ७ घण्टाको प्रयासपछि बचाइए गर्भवती महिला र शिशु

भदौ ८, २०७५
शल्यक्रियामा सफलता : ७ घण्टाको प्रयासपछि बचाइए गर्भवती महिला र शिशु

काठमाडौं – रामेछापकी २४ वर्षीय प्रमिला अर्याल ३७ हप्ते गर्भवती थिइन् । बिहीवार बिहान अत्याधिक छाती दुख्यो भन्दै उनी भन्दै छट्पटाउन थालिन् । उनका आफन्तले तुरुन्त मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा लगे ।

अस्पतालले उनलाई आकस्मिक सेवामा भर्ना गरेर तुरुन्त भिडियो एक्सरे गर्यो । भिडियो एक्सरेमा अर्यालको उच्च रक्तचापका कारण मुटुको नली फुट्ने अवस्थामा पुगेको देखियो । तुरुन्त अप्रेसन नगरे आमाबच्चा दुवैको ज्यान जान सक्ने अवस्था थियो । तर, अप्रेसनको क्रममा पनि मृत्यु हुने जोखिम नै थियो ।

अस्पतालले तत्काल चिकित्सक र बिरामीका आफन्तसँग छलफल गर्यो । छलफबाट अस्पताल र अर्यालका आफन्तबीच अप्रेसन गर्ने सहमति भयो । बिरामीका आफन्तले सहमति जनाएपछि अस्पताले अप्रेसनको लागि चिकित्सकको ठूलो टीम तयार पार्यो ।

अस्पतालले सर्जरीको टीममा डा. अनिल भट्टराई, डा. प्रभात खकुराल, डा. रवि बराल, डा. निकेश भण्डारी, एनेस्थेसिययाको टीममा डा. विश्वास प्रधान, डा. विभुस श्रेष्ठ, डा. मणिन्द्र बस्नेत, डा. प्रिस्का बास्तोला, डा. अर्जुन गुरुङलाई खटायो ।

डा. ज्योति शर्मा, डा. बेर्खा लक्ष्मी मानन्धर, डा. सुनिती रावल, डा. सुनिता बज्राचार्य, डा. सुभना मास्के गाइनोक्लोजिस्ट तथा बालरोग विशेषज्ञ डा. प्रदिप पौडेल र डा. कविता मानन्धर टीममा थिए ।

महेन्द्र भट्ट, पूर्ण मोक्तान, रविन्द्र शाहले प्राविधिक र जया शर्मा, अर्चना गुरुङ, सरिता त्रिपाठी, लक्ष्मी योन्जन, रुची शाह र रविना मानन्धरले नर्सिङ सहयोगमा लागे । जसको नेतृत्व सर्जन डा. अनिल भट्टराईले गरे । 

‘बिरामीको अवस्था निकै जटिल थियो, आमाबच्चा दुवै मृत्युको मुखमा थिए, पहिला हामीले सल्लाह गर्यौं र बिरामीको आफन्तसँग सहमति गरेर अप्रेसन शुरू ग¥यौं,’ डा. भट्टराईले लोकान्तरसँग भने । अप्रेसनका लागि १५ पाउन रगत तयारी अवस्थामा राखियो ।

चिकित्सकको टोलीले अर्यालको सल्यक्रिया गरेर पहिला बच्चा निकाले । शिशु बेहोस अवस्थामा थियो, उसलाई भन्टिलेटरमा राखियो । भेन्टिलेटरमा राखेको केही समयमा शिशुको होस खुल्यो ।

डा. भट्टराईको टीमले अर्यालको मुटुको शल्यक्रिया शुरू गर्यो । करीब ७ घण्टाको निरन्तर शल्यक्रियापछि प्रयास सफल भयो । आमा र बच्चा दुवै मृत्युको मुखबाट बाँच्न सफल भए । अहिले आमा र शिशु दुवै खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

‘हामीले गरेको डिसिजन सही थियो, हामी सफल पनि भयौं । हाम्रो टीम निकै खुशी छ,’ डा. भट्टराईले खुशी हुँदै भने, ‘हामीले आमा बच्चा दुवैलाई बचाउन सफल भयौं ।’

डा. भट्टराईले मुटुरोग सम्बन्धी उपचारमा संलग्न भएको आफ्नो १३ वर्षको करिअरमा यस्तो केस पहिलो पटक हेरेको बताए । उनले भने, ‘यो निकै रियर केस हो, यस्तो केस कमै भेटिन्छ, यो केसमा सफल अप्रेसन गर्न पाउनु सौभाग्य पनि हो ।’

salt training

कमेन्ट गर्नुहोस्