०७ असार २०८३, आइतबार

नयाँ बानेश्वरमा युवती बलात्कृत

नयाँ बानेश्वरमा युवती बलात्कृत

काठमाडौं– घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट पक्राउ परेका छन् ।

विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले तीन दिनअघि पक्राउ गरेको हो । पीडित युवतीको किटानी जाहेरीपछि प्रहरीले सिंहलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै तारेखमा छाडेको थियो । दबाब बढ्दै गएपछि प्रहरीले सिंहलाई शुक्रबार पुनः हिरासतमा लिएको छ ।

वृत्तका प्रमुख डिएसपी गोविन्द काफ्लेले भने बलात्कारको किटानी जाहेरी परेपछि सिंहलाई पक्राउ गरिएको तर, थप तथ्य ल्याउन ढिला हुँदा तारेखमा राखेको बताए । ‘पीडित युवतीले १ भदौमै किटानी जाहेरी दिएकी थिइन् ।

त्यसपछि युवतीसँग सोधपुछ भयो र आरोपीलाई पक्राउ गरियो,’ डिएसपी काफ्लेले भने, ‘बयान लिइयो । हामीले युवतीलाई थप तथ्य ल्याउन भन्यौँ । यसमा केही समय लाग्यो । त्यस वेलासम्म पक्राउ परेका विष्टलाई तारेखमा राखेका थियौँ । अहिले भने उनीलाई हिरासतमै लिएर थप अनुसन्धान चलिरहेको छ ।’, नयाँ पत्रिकामा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्