
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको आकस्मिक बैठक बसेको छ । कञ्चनपुर घटनालाई लिएर नेकपाको बैठक बसेको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको र उनको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलनको विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् ।
नेकपाकै नेतृत्वमा रहेको सरकारले कञ्चनपुर घटनामा घुसपैठ भएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति बनाए छानबिनका लागि खटाएको छ ।