११ असार २०८३, बिहीबार

कञ्चनपुर घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याइन्छः मन्त्री थापा

कञ्चनपुर घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याइन्छः मन्त्री थापा

काठमाडौं–महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले कञ्चनपुरको घट्नाका बारेमा सरकार गम्भिर रहेको जानकारी दिएकी छन् । 
शनिबार आयोजना राजधानीमा  साक्षात्कारमा बोल्दै मन्त्री थापाले १३ वर्षीया निर्मला पन्तका हत्यारालाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपुर्ति प्रदान गर्न सरकार गम्भिर रहेको बताएकी हुन् । 
मन्त्री थापाले भनिन्,‘पाँच वर्षको लागि स्थिर सरकार बनेको छ, सरकार जनताको जिउ धनको सुरक्षा गर्न संवेदनशील छ, कञ्चनपुरको घट्ना एकदमै दुःखत छ, निर्मलाको हत्यामा संलग्नको पहिचान गर्छौं र कानून अनुसार कारबाही पनि गर्छौं, उक्त घट्नाको बारेमा अनुसन्धान लामो भयो, जनताले शंका गरे, अनि आन्दोलन भयो, सरकारले कञ्चनपुरको प्रहरी प्रशासनलाई फिर्ता बोलाएको छ, त्यहाँ पठाईएका नयाँ प्रशासक र सुरक्षा प्रमुखले समयमै काम गर्छन् ।’
कञ्चनपुर घट्नाको बारेमा बनेको छानविन समितिले तत्काल काम गर्ने बताउदै मन्त्री थापाले घट्नामा संलग्न जोकोहीलाई कानूनको दायारमा ल्याएरै छोड्ने बर्तान् । हिजो साँझ गोली चलेर १४ वर्षीय बालकको निधन भएको घट्ना दुःखद् रहेको उनले बताइन् । 
त्यस्तै नेपाल महिला संघकी अध्यक्ष एवम् प्रतनिधि सभा सदस्य उमा रेग्मीले बलात्कारलगायत महिलामाथि हुने हिंसा र जघन्य अपराधमा संलग्न दोषीलाई मृत्युदण्ड दिनुपर्ने कानून बनाउन माग गरेकी छिन् । 

यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले बलाल्कारीलाई फाँसी दिने कानून आवश्यक भएको बताएकी छिन् । 


 

salt training

कमेन्ट गर्नुहोस्