
रौतहट–रौतहटको लाबकैया नदीमा भएको डुंगा दुर्घटनामा परी बेपत्ता भएका मध्ये दुईजनाको शव फेला परेको छ ।
शनिबार भएको दुर्घटनमा बेपत्ता भएका मध्ये रौतहटको ईशनाथ नगरपालिका ३ की ४२ वर्षीया रुनादेवि कुर्मीको शव आइतबार बिहानफेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अर्को एउटा शवको पहिचन खुलेको छैन । अन्य तीन जना बेपत्ता भएको आशंकामा प्रहरी, सेना र स्थानीयले खोजीकार्य जारी राखेका छन् । अन्य २१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय बन्जरा घाटबाट गौर नगरपालिका वडा नम्बर ४ स्थित तिकुलिया घाटतर्फ यात्रु बोकेर आउँदै गरेको सो डुंगा दुर्घटनामा परेको हो । शनिबार साँझ साढे ७ बजेतिर सो घटना भएको हो ।