१२ असार २०८३, शुक्रबार

अन्तिम संस्कार गर्न लैजादै गर्दा ‘मृतक’ उठेपछि ...

कात्तिक २०, २०७४
अन्तिम संस्कार गर्न लैजादै गर्दा ‘मृतक’ उठेपछि ...
अन्तिम संस्कार गर्न लगिदै गरेको मृतक चितामा राख्न पूर्व नै उठे भन्दा पत्याउनु हुन्न होला ।

तर भारतको धारवाडको मनागुंडी गाउमा यस्तो घटना सार्वजनिक भएको छ कि मृतकका परिवार तथा नातेदार तथा पूरै गाउवाला हैरान भएका छन् ।

१७ वर्षीय एक युवाको मृत्यु भएपछि अन्तिम संस्कारको लागि लगिदै थियो । तर ‘मृतक’ युवक बीच बाटोमा उठेपछि सबै हैरान भए । उनलाई जिउँदो देखेपछि नजिकको एक अस्पतालमा उपचारको लागि लगिएको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।

करिब एक महिना पहिला १७ वर्षका कुमार मारेवाडालाई एक आवारा कुकुरले टोकेको थियो । जसका कारण उनलाई एकहप्तासम्म नराम्ररी ज्वरोले सतायो । अस्पताल भर्ना गरिए पनि उनको अवस्थामा सुधार आए । उनलाई भेन्टिलेटमा राखेर उपचार गरिएको थियो ।

अस्पतालका डाक्टरले कुमारका नातेदारलाई उनी जिवित रहने संभावना नभएको भन्दै अस्पतालबाट घर पठाएको थियो ।

घर लगिएपछि उनको अवस्था झन् नाजुक हुन पुग्यो । शरीरका अंगहरु चलेनन् । जसका कारण उनका परिवारका सदस्यले उनी मृत भएको सोचेर अन्तिम संस्कारको तयारी गरे ।

अन्तिम संस्कारको लागि गाउँबाट २ किलोमिटर टाढा लैजादै गर्दा उनले आखा खोले, उनले हात र गोडा चलाए । त्यसपछि उनलाई गोकुल रोड स्थित अस्पताल लगिएको छ ।
नवभारतटाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्