काठमाडौं, ९ फागुन — जर्मनका चर्चिचत शासक एडल्फ हिटलरले प्रयोग गरेको टेलिफोन लिलाम भएको छ । लिलाम गर्ने गरि राखिएको सो फोन दुई लाख अमेरिकी डलरमा लिलाम भएको हो ।
सुरुमा कालो रङको सो फोनमा रातो रङको इनामेलले पेन्ट गरिएको थियो । पेन्ट गर्दा टेलिफोन सेटमा हिटलरको नाम समेत लेखिएको थियो ।
हिटलरले दोस्रो विश्व युद्धको समयमा सो टेलिफोनबाट मान्छेहरु मार्नको लागि आदेश दिन्थे ।
सो फोन हिटलरको निधनपछि सो टेलिफोन उनकै पार्टी नाजीका एक नेताको घरमा भेटिएको थियो । अलेकजेन्डर ऐतिहासिक लिलाम सेन्टरमा सो फोन लिलामीको लागि राखिएको थियो ।


