१० असार २०८३, बुधबार

संसारमा सबभन्दा बढी बिक्ने उत्पादन यी हुन्

कात्तिक २०, २०७४
संसारमा सबभन्दा बढी बिक्ने उत्पादन यी हुन्
काठमाडौं, ९ फागुन — संसारमा अनेकथरी उत्पादनहरू आइरहेका हुन्छन् तर तीमध्ये केहीले चाहिँ प्रयोगकर्ताहरूको मनमा अमिट छाप छोड्छन् । अनि यसैकारण तिनीहरूको राम्रो बिक्री हुन्छ । यहाँ हामी अहिलेसम्म सर्वाधिक बिकेका यस्ता उत्पादनका बारेमा चर्चा गर्दैछौं ।


१. आइफोन

सन् २००७ मा एप्पल कम्पनीले बजारमा आइफोन ल्याएको थियो । यसले अरू सबै स्मार्टफोनलाई पछा–यो । आइफोन सबै गुणस्तर परीक्षणमा खरो साबित भएको छ र महंगो भएपनि मानिसले यसलाई किने । अहिलेसम्म संसारमा करीब एक अरब आइफोन बिकिसकेका छन् ।


२. लिपिटोर

यो एक औषधि हो । खराब कोलेस्ट्रोललाई घटाएर मुटुको रोगबाट बचाउनका लागि यो औषधि प्रयोग गरिन्छ । फाइजर कम्पनीले सन् २०११ मा यो औषधिको पेटेन्ट सकिएको छ अनि कम्पनीले अर्कै नाममा यसलाई बेच्न थालेको छ ।


३. कोरोला, टोयोटा

टोयोटा कम्पनीको कोरोला कार सन् १९६६ मा लउन्च गरिएको थियो । यो संसारको सबभन्दा बढी बिक्ने कार हो । जापानी कम्पनी टायोटाले कोरोला कारको ४.०७ करोड मोडेल बेचिसकेको छ ।


४. स्टार वार्स

हलिउड फिल्म ‘स्टार वार्स’का शृंखलाहरू अहिलेसम्म सबभन्दा धेरै बिकिसकेका छन् । यिनीहरूको करोडौं प्रति संसारभरि बिकिसकेका छन् । फिल्म शृंखलाले ४.६ अरब डलर कमाइसकेको छ ।


५. आइप्याड

सन् २०१० मा एप्पल कम्पनीको आइप्याड पहिलोचोटि बजारमा आएको थियो र यो संसारमा सबभन्दा बढी बिक्ने उत्पादनमध्ये एक हो । अहिलेसम्म २१.१ करोडभन्दा बढी आइप्याड बिकिसकेका छन् ।


६. सुपर मारियो

सन् १९८१ मा आएको सुपर मारियो भिडियोगेमले संसारभरि तहल्का मच्चाएको थियो । यो अहिलेसम्मकै लोकप्रिय भिडियोगेम हो । सन् २०११ मा यो गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा दर्ता पनि भएको थियो । अहिलेसम्म २६.२ करोड युनिट भिडियो गेम बिकिसकेका छन् ।


७. प्ले स्टेसन

सोनी कम्पनीले सन् १९९५ मा ल्याएको यो भिडियोगेम ल्याएको थियो । अहिलेसम्म संसारभरि ३४.४ करोडभन्दा बढी प्लेस्टेसन बिकिसकेका छन् ।


८. ह्यारी पोटर

जादूगर बालक ह्यारी पोटरको कथा संसारभरि लोकप्रिय भएकाले यसकी लेखिका जेके रोलिङ सबभन्दा महंगी लेखिका बनिन् । करीब ७३ भाषाहरूमा छापिएको यो पुस्तकको शृंखला ४५ करोडभन्दा बढी बिकिसकेको छ ।


९. माइकल ज्याक्सनको थ्रिलर

अंग्रेजी पपगीतका राजा माइकल ज्याक्सनको थ्रिलर नामक एल्बम सात करोडभन्दा बढी बिकिसकेको छ ।


१०. रुबिक क्युब

यो पजल क्युबलाई मिलाउनु जोकोहीलाई पनि गाह्रै हुन्छ । तैपनि यसलाई मानिसहरूले अति नै मन पराएकाले यो संसारभरि ३५ करोडभन्दा बढी बिकिसकेको छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्