०५ असार २०८३, शुक्रबार

मनीषा कोइरालाले धर्मपुत्री पाल्ने !

कात्तिक २०, २०७४
मनीषा कोइरालाले धर्मपुत्री पाल्ने !
काठमाडौं, ९ फागुन — मनीषा कोइरालाले पुरानी अभिनेत्री नरगिस दत्तको भूमिका निर्वाह गर्ने भएकी छन् । सञ्जय दत्तमाथि बन्न लागेको बायोपिक फिल्ममा सञ्जयकी आमा नरगिसको भूमिकामा मनीषा देखिन लागेकी हुन् ।


फिल्ममा रणवीर कपूरले सञ्जयको भूमिका खेल्दैछन् । रणवीरकी आमाको रूपमा फिल्मको पर्दामा देखिन लागेकी मनीषाले आफ्नो वास्तविक जीवनमा पनि बच्चाको चाहना राखेकी छन् ।

उनी एक बालिकालाई धर्मपुत्री बनाउने मूडमा छिन् । सबै कुरा मिल्यो भने एक वर्षभित्र मनीषाको अंगालोमा एक बच्ची देखिनेछिन् ।

क्यान्सरविरुद्धको लडाईं बहादुरीपूर्वक लडेकी मनीषाले भनिन्, ‘म पूरै निको भएको पाँच वर्ष हुन लागेको छ । सबै कुरा योजनामुताबिक भयो भने म धर्मपुत्री पाल्ने सुरमा छु । म आफ्नो जीवन एक बच्चाको वरिपरि बिताउन चाहन्छु । जीवनको यो नयाँ चरणका लागि म उत्साहित छु ।’

विगत दुई वर्षदेखि धर्मपुत्री पाल्नेतर्फ आफ्नो मन गएको मनीषा बताउँछिन् ।

बम्बे टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्