३१ जेठ २०८३, आइतबार

बाग्लुङका १८ वर्षीय भीम सुनारले बनाए गाडी

कात्तिक २०, २०७४
बाग्लुङका १८ वर्षीय भीम सुनारले बनाए गाडी
काठमाडौं, ९ फागुन–बाग्लुङ्गका १८ वर्षीय युवक भीम सुनारले‘ओशियन’ नामको गाडी निमार्ण गरेका छन्।
सोमबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सुनारले एक महिना समय लगाएर निमार्ण गरेको गाडी सार्वजनिक गरेका हुन् ।

साक्षात्कारमा युवक सुनारले आफ्नो सिप र दक्षतालाई राज्यले उपभोग गर्नुपर्ने बताएका छन्।

उनले भने,‘म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनि गर्नु पर्थो, त्यो बेला डोजर बनाएर प्रदर्शन गरेको थिए, त्यसपछि रोवर्ट र हेलिकप्टर बनाए, आज आएर ओशियन नामको चार पाँग्रे गाडि निमार्ण गरेको छु, यो केवल नमुना हो।’

सुनारले अघि थपे,‘यो गाडी ८० हजार लगानिमा निमार्ण भएको छ, ३ लाख खर्च गरेर बनाउने हो भने एक्दमै राम्रो गाडी बनाउन सक्छु, राज्यले सहयोग गरेको खण्डमा हामी जस्ता केहीगर्न चाहने यूवाहरू स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौँ, यदि राज्यले हेरेन भने विदेश पलायनको विकल्प रहँदैन।’

कृषि क्षेत्रको विकासमा समर्पित हुने लक्ष्य लिएका सुनारले आगामी दिनमा गहुँ, कोदो, धान, भटमासलाई मेसिन मार्फत सरल व्यबस्थापन गर्ने मेसिनको साथै तरकारि काट्ने मेसिन बनाउने बताउछन्।

salt training

कमेन्ट गर्नुहोस्