११ असार २०८३, बिहीबार

थापा प्रधानसेनापति नियुक्त

भदौ १३, २०७५
थापा प्रधानसेनापति नियुक्त

कठमाडौंँ–राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापति पदमा रथी पूर्णचन्द्र थापालाई नियुक्त गर्नुभएको छ । रथि थापाले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएको छ । 

राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपतिसमेत हुनुहुन्छ । उहाँले नेपालको संविधानको धारा २६७ को उपधारा (५) को अनुसार मन्त्रिपरिषद्को सिफारिसमा थापालाई प्रधानसेनापतिमा नियुक्ति गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । लमजुङ्ग जिल्लाको गाउँशहर–८ मा २०१७ भदौ २५ गते जन्मनुभएका थापा २०३६ सालमा नेपाली सेनामा सहायक सेनानी पदमा प्रवेश गर्नुभएको थियो । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्