
काठमाडौं — रुसले अर्को महिनाबाट ठूलो युद्धअभ्यास गर्न लागेको छ । यो सन् १९८० को दशकपछिकै सबभन्दा ठूलो युद्ध अभ्यास हुनेछ ।
अभ्यासमा तीन लाख सैनिक र एक हजार विमानले भाग लिनेछन् ।
रुसका रक्षामन्त्री सर्गेई शोइगुले देशको पूर्वी क्षेत्रमा ११ देखि १५ सेप्टेम्बरसम्म भोस्तोक–२०१८ अभ्यास गरिने र त्यसमा चीन र मंगोलियाले पनि भाग लिने बताए ।
रुसी समाचार संस्थाहरूका अनुसार रक्षामन्त्री शोइगुले भने, ‘यो जापाद–८१ जस्तै हुनेछ, अझ त्यसभन्दा ठूलो हुनेछ ।’
पूर्वी युरोपमा सन् १९८१ मा भएको युद्ध अभ्यासको उल्लेख गर्दै उनले यो कुरा भनेका हुन् । मध्य एवं पूर्वी क्षेत्रमा सैनिकहरूले अभ्यास गर्नेछन् ।
एजेन्सी