
काठमाडौं — अमेरिकाको क्यालिफोर्नियामा ६९ वर्षीय एक व्यक्ति डायोनियो फियरोसले ३६२ किलो कागती चोरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ ।
फियरोस ताजा कागती गाडीमा हालेर गइरहेका थिए । त्यतिखेरै प्रहरीले उनलाई रोक्यो र यति धेरै कागती लिएर कता गएको भनी सोध्यो । प्रहरीले सन्तोषजनक जवाफ नपाएपछि उनलाई पक्राउ ग–यो ।
थर्मल क्षेत्रमा खेती सम्बन्धी एक मुद्दाको अनुसन्धानका क्रममा फियरोसलाई प्रहरीले पक्राउ गरेको थियो । उनले यति धेरै कागती लिएर के गर्ने सोच बनाएका हुन् भनी प्रहरीले बुझ्नै सकेन ।
एजेन्सी