०१ असार २०८३, सोमबार

यो हो संसारको सबभन्दा धनी कमिला, लग्यो हीराको टुक्रा (भिडियो)

यो हो संसारको सबभन्दा धनी कमिला, लग्यो हीराको टुक्रा (भिडियो)

काठमाडौं — एउटा कमिलाले हीरा उठाएर लगेको भिडियो न्युयोर्क पोस्टले सार्वजनिक गरेको छ । भिडियो राखेर न्युयोर्क पोस्टले लेख्यो, ‘कमिलालाई प्रहरीले पक्रियो कि पक्रेन त थाहा भएन । हीरा मालिकले हीरा फिर्ता पाए होलान् त ?’

यो भिडियोमा रमाइला कमेन्टहरू आएका छन् । एक प्रयोगकर्ताले लेखे, ‘अब त कमिलाको पनि पिश्वास गर्न नसकिने भयो ।’

अर्काले लेखे, ‘अब त कसैले हीरा चोरेर कमिलालाई दोष लगाउन पनि सक्छ ।’

अनि अर्काले लेखे, ‘यो पक्कै तालिम लिएको कमिला हुनुपर्छ ।’

एकले लेखे, ‘यो संसारकै सबभन्दा धनी कमिला हो ।’

एकजनाले लेखे, ‘हीरा लिएर कमिलाले इन्गेजमेन्ट रिङ बनाउन खोजेको हुनुपर्छ ।’

थटकोको एक प्रतिवेदनअनुसार, कमिलाले आफ्नो तौलभन्दा ५० गुणा भारी कुरा उठाउन सक्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्