११ असार २०८३, बिहीबार

फिलिपिन्समा बम विस्फोट, दुईजनाको मृत्यु

फिलिपिन्समा बम विस्फोट, दुईजनाको मृत्यु

काठमाडौं — दक्षिणी फिलिपिन्सको सुल्तान कुदरत प्रान्तको इसुलानमा मंगलवार मोटरसाइकलमा लुकाएर राखिएको बम विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । 

भीडभाड हुने बजार इलाकामा कपडा पसलअघि यो विस्फोट भएको थियो । मानिसहरू स्थानीय पर्वमा सामान किन्न जम्मा भएका थिए । 

सेनाले यसमा बांगसामोरो इस्लामिक फ्रीडम फाइटर्सको हात रहेको अनुमान गरेको छ । यो संगठनको सम्बन्ध इस्लामिक स्टेटसँग छ । 

प्रहरी सूत्रले घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको बतायो । 

एक महिनाअघि बासीलान टापुमा एक सुरक्षा चौकीमा भएको एक भ्यानमा विस्फोट हुँदा चार नागरिक र आठ सैनिकको मृत्यु भएको थियो ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्