१६ असार २०८३, मंगलबार

चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने बैठकमा आफ्ना कुरा राखेर बाहिरीए डा. केसी, बैठक स्थगित

चिकित्सा शिक्षा विधेयकमा छलफल गर्ने बैठकमा आफ्ना कुरा राखेर बाहिरीए डा. केसी, बैठक स्थगित

काठमाडौं–संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकबाट डा. गोविन्द केसी आफ्नो कुरा राखेर बाहिरिएपछि बैठक स्थगित भएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गर्न समितिले डा.गोविन्द केसी र केसीका वर्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहलाई बैठकमा बोलाएको थियो । समितिको बैठक शुरु भए लगत्तै डा. केसीले आफ्ना कुराहरु लिखित रुपमा राखे । उक्त प्रस्ताव सुनाएपछि आफू दोहोरो छलफलमा नबस्ने भन्द उनी बाहिरिएका थिए ।

‘यसअघि नै दुईतिहाइ बहुमत भएको सरकारसँग सम्झौता भइसकेको छ, म यहाँ के सम्झौता भयो र त्यो सम्झौता किन अझै कार्यन्यव भएन र हामी के का  लागि लडेका थियौं भनेर लिखित रुपमा लेखेर आएको छु,’ डा. केसीले भने, ‘म यो लिखित कुरा पढेर सुनाउछु, म यो संसदीय समितिको सम्मान गर्छु तर छलफलमा भाग लिन्न ।’

उनले आफूले ल्याएको लिखित पत्र पढेर समितिको छलफलबाट बाहिरीएका हुन् । समितिबाट डा. केसी बाहिरीएपछि समितिको बैठक स्थगित भएको हो ।

यस्तो छ डा. केसीको लिखित जवाफ


 

salt training

कमेन्ट गर्नुहोस्