
काठमाडौं — कुबेतको सडकमा अचानक सिंह आइपुग्दा मानिस डरले काँपेका छन् । सिंहको गर्जन सुनेर मानिस चिच्याउन थाले ।
तर सिंहले कसैलाई पनि आक्रमण गरेन ।
सिंह कबाद जिल्लाको आवासीय क्षेत्रमा आइपुगेको थियो र पछि सुरक्षाकर्मीहरूले त्यसलाई पक्रेर चिडियाखानालाई बुझाए ।
प्रहरीका अनुसार, सिंह मालिकको घरबाट भागेर त्यहाँ आएको थियो । कुबेतमा जंगली जनावर पाल्न गैरकानूनी छ । यस्तोमा मालिकलाई तीन वर्षको सजाय हुन सक्छ ।
सिंहलाई ट्रांक्विलाइजर हानेर समातिएको थियो ।
فيديو / أسد طليق في منطقة كبد . pic.twitter.com/QkgbFokUEb
— المجلس (@Almajlliss) August 22, 2018