०९ असार २०८३, मंगलबार

पानीले बाँध नाघेपछि एक सय गाउँमा बाढी

भदौ १३, २०७५
पानीले बाँध नाघेपछि एक सय गाउँमा बाढी

म्यानमार- अत्यधिक वर्षाका कारण म्यानमारको एउटा बाँध नाघेर पानी गएपछि झण्डै एक सय गाउँमा बाढीको असर परेको छ । 

आज बिहानै आएको बाढीका कारण मुलुकको सबैभन्दा ठूलो राजमार्र्गसमेत अवरुद्ध भएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

बाढीका कारण कसैको मृत्यु भएको खबर अहिलेसम्म आएको छैन भने हजारौँ विस्थापित भएको र अस्थायी शिविरहरुमा राखिएको समाचारमा जनाइएको छ । 

स्वार चाउङ बाँधको संरचनाले थेग्न नसकेपछि ठूलो वर्षापछिको पानी बाँध नाघेर बाढीका रुपमा गाउँ र राजमार्गमा गएको अधिकारीहरुको भनाइ छ । 

बाढीका कारण याङ्गोनदेखि माण्डलासम्मको राजमार्गको पुल पनि भत्किएको छ । म्यानमारका दुई ठूला शहरबाट आवत जावत गर्न मुख्य आधारका रुपमा रहेको पुल भत्किएपछि ती शहरहरुको सम्पर्क टुटेको छ । 

“हामीसँग बाढीबाट प्रभावितहरुको यकिन तथ्याङ्क त छैन, तर बाढीले प्रभावित गरेका गाउँमा बस्नेहरुको जनसङ्ख्या झण्डै ५० हजारभन्दा बढी रहेको छ,” समाज कल्याण मन्त्रालयका निर्देशक फ्यु लाई तुनले एएफपीसँग भन्नुभयो । 

बाढी प्रभावित झण्डै एक सय गाउँका झण्डै १२ हजार घरपरिवारलाई बाढीले असर पारेको उहाँको भनाइ छ । 

म्यानमारको सेना प्रमुख मिन औङ हलाइङले पानी नरोकिएकाले बाढी पनि तत्काल रोकिने अवस्था नरहेको बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्