०५ असार २०८३, शुक्रबार

अनौठो रेस्टुराँ : यहाँ कुकुरहरू दिनदिनै गर्छन् पार्टी

अनौठो रेस्टुराँ : यहाँ कुकुरहरू दिनदिनै गर्छन् पार्टी

काठमाडौं — भारतको मुम्बईमा अँधेरीस्थित पेट्स इमोसन्स फूड एन्ड एभ्रिथिङ (पेफे) रेस्टुराँमा कुकुरहरूले रमाइलो गर्ने गरेका छन् । रेस्टुराँमा कुकुरका लागि विशेष पक्वान्न बनाइन्छ र उनीहरूले अन्य कुकुरका साथ समय बिताउन र खेल्न पनि पाउँछन् । 

रेस्टुराँ खासगरी कुकुरहरूका लागि नै बनाइएको हो । खाना खाने टेबलदेखि कुर्सीसम्म कुकुरलाई आकर्षिक गर्ने हिसाबमा बनाइएको छ । 

कुकुरका मालिकहरू पनि बसेर खान मिल्ने गरी विशेष कुर्सी राखिएको छ । 

रेस्टुराँ सञ्चालकहरूका अनुसार, त्यहाँ दिनदिनै लगभग १०० कुकुर आउँछन् भने सप्ताहान्तमा धेर भीड हुनाले एड्भान्स बूकिङ गराउनुपर्छ । 

कुकुरहरूलाई स्वादिष्ट खाना खुवाउन र उनीहरूको मन बहलाउनका लागि पेफे कुकुरमालिकहरूको राम्रो विकल्प हो । घरपालुवा जनावरका लागि पनि यहाँ विशेष व्यवस्था छ । कुकुरहरूको जन्मदिन मनाउन पनि यहाँ मान्छे आउने गरेका छन् । 

ओह माई डग संस्थाले रेस्टुराँ चलाएको हो । संस्थाका संस्थापक संकल्प शर्माले कुकुरहरूलाई माया गर्नुपर्ने र सधैं घरमा बस्दा उनीहरू बोर हुने हुँदा बाहिर घुमाउन लग्ने ठाउँका रूपमा रेस्टुराँलाई विकसित गरिएको बताए । 

जनावरका चिकित्सक डा जेसी खन्नाले यो एकदम राम्रो पहल भएको बताए । एकै ठाउँमा बस्दा कुकुरहरूमा अवसाद आउने र टोक्ने प्रवृत्ति बढ्ने उनले बताए । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्